काठमाडौ । जननायक रामप्रसाद राईको जन्म दिवसको अवसरमा राजधानीमा विचार गोष्ठी आयोजना गरिएको छ । २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको १०९औ जन्म दिवसको शुभ अवसरमा किराती राष्ट्रिय मुक्ति मोर्चाद्वारा आयोजित बिचार गोष्ठी कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा वक्ताहरुले जनलायक राईको योगदानको प्रसंसा गर्दै उहाँको सम्मानलाई मुलुकले कहिल्यै भुल्न नसक्ने बताउनुभयो । रामप्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राईले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु जनलायक रामप्रसाद राईहरु जस्तै सहिदको योगदान रहेको बताउँदै अहिलेको परिवर्तनलाई संस्थागत गरे मात्र सहिदहरुको सम्मान हुने बताउनुभयो ।






