सिटी सेन्टरका सुरक्षा गार्डको हत्या गर्ने पक्राउ

काठमाडौं– काठमाडौको सिटी सेन्टरमा कार्यरत सुरक्षा गार्डको हत्यामा संलग्नलाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार सिटी सेन्टरको चौथो तलामा रहको बिग मुभिजमा सुरक्षा गार्डको रुपमा काम गर्ने पाँचथर फिदिम घर भएका रविन खवास भुजेलको हत्या भएको थियो ।

प्रहरीले खवासको हत्याको आरोपमा दोलखा जिल्ला साविक पोवटी गाविस मेलुङ गाउँपलिका स्थायी घर भएका र हाल हाडीगाउ बस्ने होमबहादुर बस्नेतका छोरा रुद्रबहादुर बस्नतलाई पक्राउ गरेको हो ।

मृतक भुजेल सिटी सेन्टरमा विगत साढे २ बर्षयता काम गर्दै आएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका कारण खवासलाई बस्नेतले मुख र नाक थिचेर हत्या गरी चारतलामाथिबाट खसालेका थिए ।

उनीहरुबीच विगत १ बर्षदेखि चिनजान रहेको प्रहरीले जनाएको छ ।

बस्नेतलाई महानगरीय प्रहरी बृत कमलपोखरीले शुक्रबार नै पक्राउ गरेको हो ।