मगर संघ यूकेको अध्यक्षमा सुनिल राना निर्वाचित

  • शिव भण्डारी

लन्डन- मगर संघ यूकेको अध्यक्षमा सुनिल राना निर्वाचित भएका छन् ।

पुरानो कन्नट स्कुल अल्डरशटमा सम्पन्न छैटौं अधिवेशनमा अनिता रानालाई पराजित गर्दै सुनिल निर्वाचित भएका हुन् । सुनितलले २४० मत पाउँदा अनिताले १८६ मत ल्याइन् । कुल ४२८ मतदातामा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

२१ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिता पुन, उपाध्यक्षमा राम गलामी र लाल पुन, महिला उपाध्यक्षमा छवि पुन, महासचिवमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए ।

सदस्यहरुमा किशोर राना, सरु राना, निर्मला थापा, गजवीर थापा, डन्ड थापा, रमेश दुरामगर, मोहन थापा, टेक राना र शिव राना निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *