काठमाडौं- आर्थिक वर्ष ०७५–७६ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ आज अर्थमन्त्री डा। युवराज खतिवडाले दिँदैछन् ।
गत जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि छलफल शुरु भएको थियो ।
बजेटबारे आइतबार केही सांसदहरुले बोल्ने छन् । त्यसपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका छ ।
छलफलका क्रममा सांसदहरुले प्रश्न उठाएका छन् ।
प्रतिपक्षी दल कांग्रेस र सत्रापक्षकै सांसदहरुले पनि असन्तुष्टि जनाएका छन् ।
अर्थमन्त्रीले उठेका प्रश्नमाथि जवाफ दिएपछि मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल हुने बताइएको छ ।






