लन्डन । नेपालको ताप्लेजुंगमा जन्मीएकी नेपाली मोडल अनिता लिम्बुले ‘लन्डन फेसन वीक’ मा क्याट वाक गर्न सफल भएकी छिन् ।बेलायतको सेन्ट्रल लन्डनमा गत १८ फेब्रुअरीमा आयोजित सो लन्डन फेसन वीकमा अनिताले क्याट वाक गर्न सफल भएकी हुन ।
फेशन वीकमा अनिताले चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’ लगाएर रनवे मोडलिङ गरेकी थिइन् । सो कार्यक्रम ५ तारे हिल्टन वाल्डरोफ होटलमा आयोजना गरिएको थियो ।
यसै बीच अनिता १७ फेब्रुअरीमा क्लेटन होटलमा आयोजित ‘एसएम ग्लोबल क्याटवाक लन्डन फेसनवीक’ मा पनि सहभागी भएकी हुन् । उक्त शोमामा अमेरिकी सेलिब्रेटी डिजाइनर जेफ गार्नरका डिजाइन समेत सहभागि थिए । जसको पोशाक रिहान्ना, टेलर स्वीफट, किङस अफ लियोन जस्ता सेलिब्रेटीले लगाइसकेको छिन् ।
नेपालको ताप्लेजुंगमा जन्मीएकी अनिता विगत ७ वर्ष देखि बेलायतको स्विनडेनमा बसोबास गर्दै आएकी छिन् । बिदेशी कलाकारको साथमा ” बिस्तारै बिस्तारै” नामको म्यूजिक भिडियो पनि छिटै रिलिज हुने लन्डन नेपाल न्युजसँगको कुराकानीमा उनले बताएकी छिन् ।
‘लन्डन फेसन वीक’ मा नेपाली मोडल अनिता [फोटो फिचर]






