लण्डन । एक पछि अर्को हिट गीत गाएर चर्चा कमाउन सफल वरिष्ट गायक आनन्द कार्कीको नंया गीत ‘तिमि सम्म’ सार्वजनिक भएको छ ।
उक्त गीतमा गायक कार्की आफै क्लबमा पुगेर कम्मर मर्काई मर्काई छमछमी नाचेका छन् ।
प्रकाश बाबु थापा “प्रकाशपुञ्ज” को शब्द रहेको यस गीतमा गायक आनन्द कार्कीको आवाज रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको यस म्युजिक भिडियोलाइ माइकल चन्दले निर्देशन गरेका हुन् ।
हेर्नुहोस भिडियो :






