एनआरएनए आयरल्याण्ड र नर्दन आयरल्याण्ड बीच यस्तो देखियो फुटबल भिडन्त

बिबेक राज सापकोटा ,

डब्लिन । बेल्फास्टको ओजोन पार्क मैदानमा गत सोमबार भएको एनआरएनए आयरल्याण्ड र नर्दन आयरल्याण्ड बीच मैत्रीपुर्ण फुटबल ( ११ ए साइड ) मा एनआरएनए आयरल्याण्ड ४-२ ले विजयी भएको छ । एनआरएनए आयरल्याण्ड को तर्फबाट पहिलो गोल, कप्तान दीपक कार्कीले गरेका थिए भने बाकी गोल क्रमस सुनिल गौतम ,हेम छ्यन्ताल र प्रदिप काजी श्रेष्ठले गरेका थिए । तेस्तै नेपाली समाज नर्दन आयरल्याण्डको तर्फबाट तेज रेग्मी र गौरव सापकोटाले क्रमस गोल गरेका थिए । एनआरएनए आयरल्याण्डका कप्तान दीपक कार्कीले यो खेल एउटा भिन्न र रमाइलो अनुभन रहेको बताए ।

कार्यक्रम पश्चात एनआरएनए आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पुर्ब अध्यक्ष गणेश प्रसाई, कप्तान दीपक कार्कीले संयुक्त रुपमा नेपाली समाज नर्दन आयरल्याण्डको टोलिलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष कोइरालाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै उक्त कार्यक्रम सम्पन्न गराउन बिशेष भूमिका लिनुभएका एनआरएनए आयरल्याण्डका सचिब बिबेक राज सापकोटा, युवा संयोजक प्रविन कोइराला र नेपाली समाज नर्दन आयरल्याण्डका सचिब अब्जन आचार्यलाई विशेष धन्यवाद दिदै यस्तो कार्यक्रम भविष्यमा पनि गरिरहनु पर्ने बताउनुभयो , साथै नेपाली समाज नर्दन आयरल्याण्डका अध्यक्ष लिला राम न्युरेले पनि कार्यक्रम उत्कृस्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको र सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शनी रहेको बताउदै बरिस्ठ व्यक्तित्वहरु नारायण कंडेल, लक्ष्मन् चिमोरिया, बिकाश चुडालको साथमा सम्पूर्ण खेलाडीहरुलाई प्रमाण पत्र र मायाको चिनो हस्तान्तण गर्नु भयो ।

एनआरएनए आयरल्याण्डको तर्फ बाट खेलाडीहरु दीपक कार्की, रितम ढकाल , मनोज भट्टराई,बिनय थापा ,राजेश के सि ,हेम छ्यन्ताल, प्रदिप काजी श्रेष्ठ, रवि बोगटी, बुद्ध महर्जन, राजकुमार प्रसाई ,समिर बस्ताकोटी, सुनिल गौतम, छुल्तिम दोर्जे शेर्पाको सहभागीता थियो ।

त्यसै गरि नेपाली समाज नर्दन आयरल्याण्डको , तर्फबाट खेलाडीहरु अब्जन आचार्य , जीवन आचार्य , गौरव सापकोटा, हिमाल न्युरे, आकाश कंडेल , प्रमोद कंडेल, जनक कंडेल, तेज रेग्मी, अरुण सेडाइ , हरि थापा,मिलन पाठक सगर न्युरे, अमृत आचार्य , बिष्णु छेत्री , आशिस कंडेल , बिशाल आचार्य सहभागी भएका थिए I खेल हेर्नका लागि डब्लिन र बेल्फास्टबाट खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो, कार्यक्रम पश्चात खानपिनको व्यवस्था गरिदिनुहुने लक्ष्मण चिमरिया तथा सम्पूर्ण इंडिया गेट रेस्टुरेन्ट परिवारलाई एनआरएनए आयरल्याण्डले हार्दिक कृतज्ञता ब्यक्त गरेको थियो ।