एमाले २९, कांग्रेस १३, माओवादी १०, राजपा र फोरम २/२
काठमाडौं– राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले २९ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले १०, राजपा र फोरमले २र२ सिट ल्याएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट ३ सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ।
एमालेले सबैभन्दा धेरै प्रदेश नम्बर एक र तीनबाट पाँच–पाँच सिट जितेको छ भने सबैभन्दा काम प्रदेश दुईमा एक सिटमा मात्र सीमित बनेको छ । एमालेबाट ११ महिला निर्वाचित भएका छन् । कांग्रेसबाट ६ र माओवादीबाट तीन महिला राष्ट्रिसभामा विजयी भएका छन् ।
प्रदेश १ बाट एमाले पाँच, कांग्रेस दुई र माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ । प्रदेश २ मा कांग्रेस, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरम दुई–दुई स्थानमा र एमाले र माओवादी एक–एक स्थानमा विजयी भएका छन् ।
प्रदेश ३ मा एमाले पाँच, कांग्रेस दुई र माओवादी एक स्थानमा विजयी भएको छ । प्रदेश ४ मा कांग्ेरस र एमाले तीन–तीन तथा माओवादी दुई स्थानमा विजयी भएको छ । प्रदेश पाँचबाट एमाले चार, कांग्रेस र माओवादीको दुई–दुई ठाउँमा जितेका छन् । प्रदेश छमा एमाले ३, कांग्रेस।। माओवादीले २जितेका छन् भने प्रदेश सातमा एमालेले चार, कांग्रेस र माओवादीले दुई–दुई सिट जितेका छन् ।






