हङकङ । अन्तराष्ट्रिय महिला दिवसकोे अवसरमा यो वर्ष पनि मनाइने भएको छ । नेपाली महिला संघ हङकङले गैर आवासीय नेपाली संघ हङकङको सहकार्यमा यस वर्ष आगामी मार्च ४ तारिखका दिन महिला दिवस मनाउन लागीएको हो ।
नेपाली महिला संघ तथा गैर आवासीय नेपाली संघ हङकङ अध्यक्ष टिका गुरुङका अनुसार कार्यक्रम मार्च ४ तारिखका दिन याउमाते कम्युनिटी सेन्टरमा आयोजना गरिनेछ । १०८ औ अन्तराष्ट्रिय महिला दिवसको रुपमा रहने सो कार्यक्रमको सहआयोजकमा नमोः बुद्ध आमा समुह, तमु ट्हो ह्यूल, मगर संघ, सङखुवासभा समाज, म्यादी नेपाली प्रवासी संघ र किरात राई खाम्बातिमका महिला विभाग रहने अध्यक्ष गुरुङले जानकारी गराइन् ।
हरेक वर्ष छुटछ्ट्टै नारा रहने यो कार्यक्रमको यस वर्ष प्रगतिका लागि दबाब रहने छ । उक्त विषयका लागि पौरखी नेपालका संस्थापक अध्यक्ष मन्जु गुरुङ प्रमुख वक्ताको रुपमा रहने कार्यक्रम छ ।






