काठमाडौं– केही दिनदेखि बादल लागेका कारण धुम्म बनेको काठमाडौंको आकाश बिहीबार बिहानैदेखि खुलेको छ । बिहीबार बिहानबाट देशका अधिकांश भूभागमा घाम लागेको छ ।
बिहीबार बिहानको तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । सुदुर र मध्यपश्चिमका हिमालीक्षेत्रमा हल्का हिमपात भएको छ ।
काठमाडौंसहित देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिवर्तनको संकेतलाई प्रमाणित गरेको छ।






