लन्डन । अर्घाखांची समाज यूकेले लन्डनमा च्यारिटी डिनर कार्यक्रम एक बिशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
गृह जिल्लाको मालारानी गाउंपालिकामा प्रसुति गृह बनाउन च्यारिटी डिनर आयोजना गरिएको हो ।साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित उक्त च्यारिटी डिनरबाट करिब तीन ३ लाख बढी संकलन भएको छ । उक्त कार्यक्रमबाट संकलन भएको रकम प्रसुति गृह निर्माणमा खर्चिनेछ ।
समाजका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, विशेष अतिथी दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा एनआरएन युकेका महासचिब आर के त्रिपाठी, उपमहासचिब बिनय अधिकारी, समाजसेवी व्यवसायी डा. कपिल रिजाल, मिन दर्लामी, हिराधन राई, केशब भण्डारी,नाएक धुर्ब दत्त लगायतको सहभागिता थियो ।
सचिव तुंगभद्र भुसालले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सल्लाहकार जीब बेल्वासेले स्वागत र उपाध्यक्ष बी पी खनालले धन्यवाद मन्तब्य राखेका थिए ।
यसै बीच एनआरएनए यूके सल्लाहकार कृष्ण तिवारीले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा गायिका ममता गुरुङ, सुजेश बैद्य, क्याप्टेन रिटायर्ड बीरबहादुर थापा, शर्मिला पछाइ थापाले गायन र रस्मिता दर्लामी,गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, सुस्मिता थापा र पारिका आलेले नृत्य प्रस्तुत गरेका थिए ।
लन्डन नेपाल न्युज डटकमले गरको कार्यक्रमको प्रत्यक्ष प्रसारण घरबाटै हरेर पनि संस्थाको पवित्र कार्यको लागि केहि थप अनुदान आएको भन्दै सम्पूर्णलाई अध्यक्ष बालकृष्ण भुसालले धन्यवाद दिए ।
हेर्नुस शिब भण्डारीले तयार गरेको स्थलगत कार्यक्रमको पुरा भिडियो—






