लिस्बन। क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ।
विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो।
नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले राससलाई जानकारी दिइन्।
मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन्। उनका एक छोरा र एक छोरी छन्। उनका श्रीमान् प्रेम नेपाली लामो समयदेखि पोर्चुगलमा रहेर विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सकृय रहदै आएका छन्।
मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ। उनको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ।






