लन्डन । मालदिभ्समा संकटकाल लगाइएको छ । राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमले राजनीतिक संकट उत्पन्न भई विरोधीहरुले उनको राजीनामा माग गर्दै सडकमा ओर्लिएपछि १५ दिनका लागि संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गयूमले संकटकालको घोषणा गरेसँगै त्यहाँका सैनिकले प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का एक न्यायाधीश अली हमिदलाई पक्राउ गरेको छ ।
मालदिभ्समा संकटकाल, प्रधानन्यायाधीश अब्दुल्ला सईद पक्राउ






