जापान । बिहुँकोट समाज जापानले फेब्रुअरी ५ तारिखका दिन टोकियो सिनकोबुको सोलमारी मुरा हलमा प्रतिनिधी सभा बाग्लुगँ क्षेत्र १ का निर्वाचित सासंद डा.सुर्य पाठकको सम्मान ,भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सो कार्यक्रम समाजका प्रबक्ता फणिन्द्र शर्मा सन्चालन , ऊपाध्यक्ष गोपाल शर्मा ‘अशोक ‘ स्वागत मन्तब्य तथा समाजका अध्यक्ष देविलाल सुबेदी को सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रम मा प्रमुख अतिथी डा. पाठक ले जापानमा सिकेको ज्ञानसिप तथा प्रबिधी ईमान्दारितापुर्वक देश बिकाश खर्चिने प्रतिबद्धता गर्नुभएको थियो ।
कार्यकर्ममा समाजका कोषाध्यक्ष दिपक कडेँल ,सल्हाहकार महेन्द्र प्रसाद कडेँल , जनसम्पर्क समिती जापान का ऊपसभापति नबराज थापा , ओएनएफ जापानका ऊपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , बिहुँकोट समाज जापानका सरंक्षक दिपक सुबेदी ले मन्तब्य राख्नुभएको थियो ।
सो कार्यक्रममा डा. सुर्य पाठक ले ऊपस्थित हरूको जिज्ञाषाको समाधान गर्नु भएको थियो ।
साथै बिहुँकोट हटिया निवासी अमर प्रावीका पुर्व शिक्षक मृगौला पिडित शकंर दर्जीको आर्थिक सहयोग को लागि बिहुँकोट समाज जापानको सक्रियतामा सकंलित रू २७११११ नेपाल मा पठाईएको बिहुँकोट समाज जापानका प्रवक्ता फणिन्द्र शर्मा ले जानकारी दिनुभएँको छ ।






