काठमाडौं– सर्वोच्च अदालतले ब्यापारी अजयराज सुमार्गीको विदेशबाट आएको रकम भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्बोच्चले मंगलबार अन्तरिम आदेश दिएको हो। न्यायाधीश तेजवहादुर केसीको एकल इजलासले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव दुई करोड १३ लाख अमेरिकी डलर भुक्तानी गर्ने बाटो खुलाइ दिएको हो।
सर्वोच्चले उद्योगमा लगाउन विदेशबाट ल्याएको ऋण नरोक्न भनेको अधिवक्ता रामनारायण विडारीले जानकारी दिए । रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ ।
सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ भने विपिक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।






