लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको तेश्रो महाधिबेशन आगामी मार्च १८ तारिखका दिन हुने भएको छ । महासंघका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आगामी मार्च १८ तारिखका दिन महासंघको तेश्रो महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो ।
महाधिबेशन तयारीका लागि निर्वाचन समिति र बिधान संसोधन समिति गठन गरिएका छन् । निर्वाचन समितिमा एकेन्द्र गुरुङ, गणेश इजम, सुमाया राई, पूर्ण लक्सम र फुर्बा शेर्पा रहेका छन् । त्यस्तैगरी बिधान संसोधन समितिमा भक्त बहादुर दुरा, धन रोगू, विस्वासदीप तिगेला, नेम थापा र नरेश काङमाङ लाई सदस्य छन् ।
तेश्रो महाधिबेशनमा अतिथिको रुपमा नेफिन यूकेले केन्द्रबाट नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिबद्धय सुरेश आले मगर र बालकृष्ण माबोहाङलाई बोलाउने तयारी गरेको जनाएको छ । महासचिब कर्मा पहाडीका अनुसार कार्यक्रम तमुधीं युके हल मिचेटमा हुनेछ ।
नेफिन बेलायतले नेपाल आदिवासी जनजाति चलचित्र महासंघ यूूके पनि स्थापना गरेको छ । देवीमाया पुनको संयोजकत्व र कर्मा पहाडीको सचिब रहनेगरी नौ सदस्यीय समिति गठन गरिएको छ ।
सदस्यहरुमा गोरे गुरुङ, मान तबेबुङ, दुत पुन, मानसिंङ दुरा र जीवन छन्त्याल रहेका छन् भने कियाचु यूके, किराया यूके लण्डन प्राकस अध्यक्ष श्रीमती शान्ताकला राई र दुरा समाज यूके लगायत अन्य जातीय संस्थाहरुले तदर्थ समितिमा सदस्यहरु थप गरी जम्मा नौ सदस्यीय समिति गठन गर्ने निर्णय नेफिनले गरेको हो ।






