काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकालाई निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ताको समय तोकेको छ ।
माघ १० गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारले सोमबार दिउँसो २ बजेभित्रमा उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।
ढकालका अनुसार उम्मेदवारको अन्तिम नामावली पनि सोमबार नै प्रकाशन हुनेछ भने उम्मेदवारलाई चुनाव चिह्न पनि आजै वितरण गरिनेछ ।
जम्म ५६ सदस्यका लागि माघ २४ गते हुँदैछ ।






