अमेरिकामा कीर्तिमानी चिसो

अमेरिकामा चिसोले २० बर्षयताको रेकर्ड तोडेको छ । पानी जम्ने चिसोले जनजीवन प्रभावित भएको छ । एटलान्टामा रातिमा १५ फरेनहाइटसम्म तापक्रम घटेको छ । त्यहाँ दुई जनाको मृत्यु समेत भएको छ । उनीहरुको मृत्यु चिसोकै कारण भएको अनुमान गरिएको छ । शिकागोमा विद्यालयहरु बन्द भएका छन् । रेल सेवा पनि प्रभावित भएका छन् । टेनीसीमा विद्युत उत्पादन कटौती भएको छ । स्थानीय सरकारले उत्पादन घटेको भन्दै बिजुली सन्चय गर्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । अमेरिकाको राजधानी वाशिङटन डीसी लगायतका स्थानमा फेब्रुअरी महिनामा सामान्यतया २० देखि ४० डिग्रीसम्म तापक्रम घटेको छ । अधिकारीहरुका अनुसार यो २० बर्षयताकै कम तापक्रम हो । अमेरिकामा यस्तो चिसो अझै केही दिनसम्म जारी रहने बताइएको छ ।