नेपालमा एकै दिन १२ सयभन्दा बढी सङ्क्रमित, १४ जनाको मृत्यु

काठमाण्डौ । वितेको २४ घण्टामा नेपालमा १ हजार २२१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलको क्रममा ३४८ जना महिला तथा ८७३ पुरुषमा कोरोना पुष्टि भएको जानकारी गराइएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको जानकारी दिए ।
त्यसैगरी वितेको २४ घण्टामा १४ जनाकोे मृत्यु भएको छ । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।
आइतवार काठमाण्डौ जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
गौतमका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। विगत २४ घण्टाको अवधिमा १२,७१७ वटा नमुनाको परीक्षण गरिएको थियो।
सो अवधिमा २६७ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्। भने देशभरि क्वारन्टीनमा ७,७९७ जना छन्। सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २१७ जना भेन्टिलेटरमा छन्।