काठमाडौं– नेपाली काँग्रेसका नेता तथा भारतका लागि पूर्वराजदुत दीप कुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटघाट कुटनीतिक फ्रेम भित्र नरहेको वताएका छन् ।
दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज कसको निमन्त्रणामा नेपाल आएको हो भन्ने नै स्पष्ट नभएको उनले बताए ।
‘ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपुर्व न भारतले भन्यो न ओलीले देशलाई जानकारी गराए ’ उनले भने , ‘कुटनीतिक मर्यादा विपरित भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।’
भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सल्लाह नभएको प्रति इंगित गर्दै भने ‘ भारतीय प्रधानमन्त्री मोदीलाई आउनूपूर्व र फर्केपछि व्रिफिङ हुन्छ तर नेपालमा त्यो देखिएन । ’
स्वराजको भ्रमण सरकार वा ओलीको कसले निमन्त्रणा गरेको पारदर्शी नभएको उनले वताए । कुटनीतिक फ्रेममा नपरेका विगतका घटनाबाट नेपालले पाठ सिक्न नसकको उनले औंल्याए ।
भारतसँग कुटनीतिक सम्वन्ध यस्तै रुपमा जारी रहने हो भने ठूलो देश हुनुको नाताले उसले लाभ लिइरहने समेत उपाध्यायको भनाई छ ।






