ग्रिनेड विष्फोट हुँदा पाँच सैनिक घाइते

नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा पाँच सैनिक घाइते भएका छन्।

महाराजगञ्जस्थित राष्ट्रपति भवन नजिकै रहेको भैरवनाथ गणमा शुक्रबार बिहान ९:३५ बजे विष्फोट भएको हो ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घाइते सैनिकमध्ये एक जनाको अवस्था खतरायुक्त रहेको बताए। ‘चार जनाको अवस्था भने सामान्य छ  ।