यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट

यूएई । ग्रिनलाइले एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमति भएको छ । आज यूएईमा दुवै संस्थाका प्रतिनिधिबीच सो सहमति भएको हो ।

अबुधाबी स्थित नेपाली ब्यावसायीद्वारा संचालित ग्रिनलाइन ट्राभल्स एण्ड टुरिजम एलएलसीले गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईका सम्पूर्ण पञ्जीकृत सदस्यहरुलाई उक्त ट्राभल्स बाट हवाई टिकट लिदा पाँच प्रतिशत छुट पाइने ब्यबस्था गरिएको हो ।

सो सहमति पत्रमा युएई को तर्फ बाट अध्यक्ष  रमेश श्रेष्ठ र ग्रिनलाइन ट्राभल्स एण्ड टुरिजम एलएलसीको तर्फ बाट संचालक तथा गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य ठाकुर प्रसाद ढुंगानाले हस्ताक्षर गर्नु भएको छ ।