काठमाडौं,वैशाख ११ – सरकारले मुलुकको पहाडी र बढी घुम्ती भएका सडकमा दुई तले बस गुड्न रोक लगाएको छ । पशुपतिनाथको दर्शन गरेर फर्किंदै गरेको भारतीय ‘डबल–डेकर’ बस बुधबार झ्याप्ले खोलामा दुर्घटना हुँदा १७ जनाको ज्यान गएपछि सरकारले त्यस्ता सवारीलाई घुम्ती बढी भएका सडकमा गुड्न प्रतिबन्ध लगाएको हो । ‘हामीले नेपालभर खबर पठाइसकेका छौं’, यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भने,‘सानो र घुम्ती बढी भएका सडकमा ठूला सवारी गुडाउँदा दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
दुई तले गाडी चलाउन रोक






