तलब भक्तामा विभेद गरिएको भन्दै नेपालका नर्सहरु आन्दोलनमा

16-Jan-2018apm01.indd

लन्डन । नेपालका नर्सहरुले चरणबद्ध रुपमा आन्दोलन जारी राखेका छन् । सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी विभेद भएको भन्दै  आन्दोलनमा उत्रिरहेका हुन् ।

शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरूको गुनासो छ ।  नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापा सरकारले आफूहरुमाथि विभेद गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताइन् । माग पूरा नभए सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रने उनको चेतावनी छ ।