प्रधानमन्त्री ओली अस्वस्थ, चियापान कार्यक्रममा अनुपस्थित

????????????????????????????????????

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भए ।

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागी हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *