बाक्लो हुस्सुका कारण बस एक आपसमा ठोक्किंदा १३ यात्रु घाइते

कैलाली। कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका छन ।

टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।

बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।