शिब भण्डारी
लन्डन । २ सय ९६ औं पृथ्वीजयन्ती लण्डनमा एक विशेष कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रवादी संगठन बेलायतले राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९६ औं पृथ्वी जन्मजयन्ति बिहिबार लन्डन वेम्बलीको सडवरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली दुताबासका उपनियोग प्रमुख शरदराज आरण प्रमुख अतिथि एबं एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य तथा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) विशेष अतिथि थिए।
लेखक तथा बुद्धिजीवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको प्राचीनकालदेखिको इतिहास केलाउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियानको विस्तृत जानकारी दिएका थिए ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष ललित न्यौपाने,बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपाली, पूर्व डिएसपीहरु शिवजी श्रेष्ठ र वाचस्पति रेग्मी, समाजसेवी सुरेश जंग शाहा, गायक योगेशोर आमात्य, अर्नुन चापागाई लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे ।
कार्यक्रममा पत्रकार फडिन्द्र भट्टराई , हेमन्त पौडेल,, हरिसिंह थापा लगायतले पृथ्वीजयन्तीमा समर्पित कविता वाचन गरेका थिए ।
कार्यक्रममा बेलायतस्थित पत्रकार नबिन पोखरेल, श्याम लुइटेल,धुर्ब राज अर्याल एबं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

अधिकाम्स बक्ता हरुले तत्कालीन समयमा शाहले विभिन्न भूभाग एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको सम्झँदै उनको राष्ट्रिय एकताको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारणा सहित कबिता मय महोल बनाए ।
तस्बिर हरु फडिन्द्र भट्टराई






