नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा निलकण्ठ रिजाल मनोनित

नेपाली काँग्रेसको प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा निलकण्ठ रिजाल मनोनित हुनुभएको छ ।

संघका अध्यक्ष नैन सिंह महरले पुर्व सहमहामन्त्री एवं प्रभावशाली युवा नेता रिजाललाई संघको विद्यानको २०२७ को छटौं संशोधन २०७३ को धारा ११ बमोजिम उपाध्यक्षमा मनोनित गर्नुभएको हो ।

संघ भित्रका विविध समस्या र विवादको समाधान साथै संघलाई सशक्त ढंगबाट अघि बढाई निश्चीत समयमा संघको महाधिवेशन सम्पन्न गर्ने महरका प्रतिद्धन्द्धी मनोजमणि आर्चायको प्रस्तावक समेत रहेका रिजाललाई सहमति सहकार्य र एकताको लागि मनोनित गरिएको स्रोतको भनाई छ ।

उपाध्यक्ष रिजाल चितवन जिल्ला घर भई विगत २५ वर्षदेखि नेविसंघको राजनीतिमा सक्रिय हनुनुहुन्छ । नेविसंघ र नेपाली काँग्रेस भित्र एक स्वच्छ छवि, इमान्दार, बौद्धिक तथा कुशल संगठकको रुपमा रिजाललाई हेर्ने गरिन्छ । रिजालको मनोनयन संगै संघभित्रका आमकार्यकर्तामा समयमै महाधिवेशन हुने विश्वास पैदा भएको छ ।