झापा र लुम्बिनी भिड्दै

बिराटनगरमा जारी बिराट गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजबाट सेमिफाइनलका खेल शुरु हुदैछन् । पहिलो सेमिफाइनलमा आज झापा ११ र लुम्बिनी क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो सहिद रंगशालामा हुनेछ । यसअघि हिजो भएको खेलबाट मनाङ–मस्र्याङदी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको मनाङले अब त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र बंगलादेश खेल्दैछन् । बंगलादेशले टस जितेर ब्याटिङ रोजेको छ । खेल अहिले केहिबेरमा शुरु हुदैछ । टेष्ट मान्यता प्राप्त देश भएपनि बंगलादेशलाई अफ्गानिस्तान भन्दा कमजोर टिमको रुपमा हेरिएको छ । आइसिसिको एसोसियट सदस्य माझ दोस्रो वरियतामा रहेको आफ्गानिस्तानले यसअघि एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा हराएको टोली मध्ये बंगलादेश पनि एक हो । यि दुइ टोलिबिच एक पटक, एक दिवसिय अन्तराष्ट्रिय क्रिकेटमा भिडन्त भएको थियो जसमा बंगलादेश पराजित भएको थियो ।