आईएसले ४५ जनालाई आगो लगाए

इराकमा इस्लामिक स्टेट विद्रोहीहरुले ४५ जनालाई जलाएर हत्या गरेका छन् । मारिनेहरु को हुन् र किन मारियो भन्ने खुलेको छैन । यद्यपी उनीहरु सुरक्षाकर्मीहरु रहेको अनुमान छ । यसैबीच नाइजेरियामा भएका श्रृङ्खलाबद्ध बम बिष्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । पूर्वोत्तर सहरको बियू भन्ने स्थानमा सेनाको जाँच चौकीमा भएको विष्फोटमा ३६ जनाको ज्यान गएको छ । नाइजेरियामा बोको हराम विद्रोही समूह सक्रिय छ । उसको गतिविधिका कारण सुरक्षा दिन नसक्ने सेनाको भनाइपछि सरकारले आम चुनावसमेत स्थगित गरेको थियो ।