ऋषिराम कट्टेलले गरे अमेरिकाको विरोध

काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त राष्ट्रसंघको व्यानरमा केही पश्चिमा देशहरुले नेपालको द्वन्द व्यबस्थापनवारे हस्तक्षेप गर्ने दुरासयका साथ वक्तव्य जारी गरेकोमा आपत्ति जनाएको छ ।

अध्यक्ष कट्टेलले आइतबार विज्ञप्ति जारी गर्दै पश्चिमा देशहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न खोजेको भन्दै नेपाल कम्युनिष्ट पार्टी जुनसुकै वाहानामा नेपालको स्वधिनतामाथि हुने हस्तक्षेपको विरोध गर्ने उल्लेख गरेका छन् ।

साथै ६ महिनामा पुरा गरिनुपर्ने सक्रमणकालिन न्यायको कामलाई वर्षौसम्म टाँगेर अनुचित ढंगले राजनीतिको रोटी सेक्ने र पीडितलाई न्याय नदिने सत्तासिनहरुको दुरासयको पनि सो पार्टीले विरोध गरेको छ ।

त्यस्तै उक्त पार्टीले भेनेजुयलाको निर्वाचित वैध सरकारका राष्ट्रपति मदुरोविरुद्ध अमेरिकाले स्वघोषित अवैध राष्ट्रपतिलाई मान्यता दिएर भेनेजुयाली जनतालाई लाई बिभाजित गर्ने, भेनेजुयलामा आन्तरिक युद्ध भडकाउने र भेनेजुयलाको आन्तरिक मामलामा ठाडो हस्तक्षेप गर्ने धृष्टता गरेको भन्दै विरोध गरेको छ ।

सो पाटीले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै मदुरो सरकारको समर्थन गरेको छ । त्यसैगरी कट्टेलले डा. गोविन्द केसीको माग बिपरित चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा पनि आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *