वेल्स युरो कप फुटबलका लागि छनोट

Wales

काठमाडौं,२४ असोज । बोस्निया हर्जगोभिनासँगको हारका बाबजुत वेल्स युरो कप फुटबलका लागि छनोट भएको छ ।

वेल्स यससँगै ५७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिताका लागि छनोट भएको हो । वेल्सले १९५८ मा विश्वकप खेलेको थियो ।

शनिबार राति भएको खेलमा वेल्स बोस्निया हर्जगोभिनासँग २–० ले पराजित भयो । तर, साइप्रसले इजरायललाई २–१ ले पराजित गरेपछि वेल्सलाई फाइदा भयो ।

समूह बीबाट बेल्जियम र वेल्स युरो कपका लागि छनोट भएको छ ।