थानेश्वरको तीज गजल [भिडियो]

IMG_2491

लण्डन । गायक थानेश्वर गौतमको ‘आफु त तीजमा पनि गजल गाइन्छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतम सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा ।

तीजको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ । उक्त गजलमा गायक गौतमलाई गायिकाहरु सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन् । आशिष अविरल यो गीतका संगीत संयोजक हुन् ।

भुवन स्याङबोद्ले निर्देशन गरेका हुन् । उत्सव दहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन् ।