लन्डन– यूके निवासी समाजसेवी इशा गुरुङले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार रुपैयाँ सहयोग गरेकी छन् । नमूना नेपाल निर्माण अभियानमा रहेको फाउण्डेसनलाई नेपाल आएको अवसर पारेर गत बिहीबार गुरुङले उक्त रकम प्रदान गरेकी हुन् । फाउण्डेसनका संस्थापक सिताराम कट्टेल ‘धुर्मुस’लाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
पोखरा घर भएकी गुरुङले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएकी छन् । कलाकार कट्टेलका अनुसार नमूना नेपालका लागि अहिलेसम्म २४ लाख रुपैयाँ संकलन भएको छ ।






