लण्डन । जनसम्पर्क समिति यूकेको उपाध्यक्षमा सुरज केसीले उम्मेदवारी घोषणा गरेका छन् । चाल्टन नेपाली समाज युकेका सस्थापक अध्यक्ष एबम एन आर एन युकेका सल्लाहाकार समेत रहेका जनसम्पर्क समिति यूकेको साउथ ईस्ट क्षेत्रीय समितिका उपाध्यक्ष केसीले आसन्न अधिवेसनमा केन्द्रिय कमिटीकै उपाध्यक्षमा लड्ने घोषणा गरेका छन् ।
आउँदो सेप्टेम्बर महिनाको १६ तारिख शनिबार हुने समितिको अधिवेसनमा एक महिलासहित कुल ३ उपाध्यक्षमा निर्वाचन हुदैछ । विधार्थी जीवनदेखि नै नेविसंघमा आवद्ध भएर राजनीति सुरु गरेका केसी बेलायत कांग्रेसमा पनि निरन्तर सक्रिय रहदै आएका छन् । लामो समयदेखि विवाद र विभाजनको चपेटामा परेको बेलायतको कांग्रेसलाई एकताबद्ध गरेर अघि बढाउन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्दता केसीले व्यक्त गरेका छन् ।
बेलायतमा एक सफल व्यवसायी र समाजसेवीका रुपमा परिचित केशी अत्यन्तै सरल र सालिन छन् हरेक नेपालीका दुखसुखका सहयोगी साथीका रुपमा परिचित छन् ।






