एनआरएन यूएईले बुझ्यो कैदीहरुको अवस्था

दुबNRNA-image1[1]ई । एनआरएन यूएईको एक टोलीले यूएईका सातै इमिरेटमा रहेका जेलहरुको भ्रमण गरी कैदी जीवन बिताइरहेका नेपालीहरुको अवस्था सार्वजनिक गरी उद्धारका लागि पहल गर्ने कामको सुरुवात गरेको छ । सुदीप कार्कीको नेतृत्वमा आएको एनआरएन यूएईले दुबईको एक जेलमा रहेका नेपाली बन्दीहरुलाई भर्खरै भेट गरी उनीहरुको अवस्थाबारे सर्वसाधारणलाई अवगत गराएको हो ।

गत ८ अक्टोबरमा एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ तथा महिला संयोजक कल्पना राईको टोलीले दुबईको अल अबिरमा रहेको केन्द्रीय जेल भ्रमण गरेको एनआरएनले एक विज्ञप्तिमार्फत् सुचित गरेको छ । टोली संयोजक श्रेष्ठले उक्त जेलमा रहेका कैदी नेपालीसँग भेटघाट गरी उद्धारका लागि पहल गर्ने आश्वासन दिएको बताएका छन् । भ्रमणमा सहभागी कल्पना राईका अनुसार दुबईको अबिर जेलमा विभिन्न आरोपमा १४ जना नेपाली कैदी जीवन बिताइरहेका छन् । ती १४ मध्ये तीन जना महिला रहेको उनले बताइन् ।

केही नेपालीहरु रहेको, धेरै नेपालीहरु रहेको भनिएको दुबईको उक्त जेलमा रहेका ११ पुरुष मध्ये ५ जनालाई रक्सी पिएर एकअर्कामा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको भ्रमणपछि टोलीका संयोजन गरिरहेका श्रेष्ठले जानकारी दिएका छन् ।

जेल भ्रमण टोलीले कैदी जीवन बिताइरहेका नेपालीहरुको नेपालको पूर्ण ठेगानासहित नामावली सार्वजनिक समेत गरेको छ । आफ्नो साथीको नाममा रहेको सिमकार्ड प्रयोग गरेको आरोपमा जनकपुरका एक नेपाली श्रमिकले पनि जेल जीवन बिताइरहेको पाइएको छ । चोरीको आरोपमा ४ जना नेपालीले दुबईको जेलमा जीवन बिताइरहेका छन्ा् । नक्कली कागजात प्रयोग गरेको आरोपमा पोखराका एक नेपाली जेल परेका छन् । यूएईको कानुनअनुसार नक्कली कागजात प्रयोग गरेको पाइएमा दस वर्षसम्म जेल सजाय हुने गर्छ ।

नेपाली दूतावास युएईको सिफारिसका आधारमा संघको टोलीले जेल भ्रमण सुरु गरेको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कर्ीले जानकारी दिएका छन् । कार्कीका अनुसार नेपाली दूताबास तथा अन्य सामाजिक संघसंस्थाहरुको सहकार्यमा ती कैदीहरुको उद्धारका लागि आवश्यक पहल गरिनेछ ।