रुपन्देहीमा गोली हानेर वसन्त पौडेलको हत्या

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

गोली लागेर स्थानीय बलु पौडेल मारिएका हुन् । टाउको र छातीमा गरी दुई गोली लागेको पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

गोली हान्ने ब्यक्ति मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।