मधेसी मोर्चा मोर्चा झन् उग्र बन्दै, सांसदको घर तोडफोड

Lila Koiralaकाठमाडौं- धनुषाको ब्रह्मपुरी चोकस्थित नेपाली कांग्रेसका सांसद लीला कोइरालाको घरअगाडि टायर बालेर मधेसी मोर्चाले विरोध गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच आज झडप भएको छ । झडपका क्रममा प्रहरीले १० राउण्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो ।

नेपाली कांग्रेसका सांसद कोइरालाको घरअगाडि प्रदर्शन गर्दा प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप भएको हो । सो झडपमा परी ५ जना आन्दोलनकारी घाइते भएका छन् ।

नेपाली काँग्रेसको जारी महाधिवेशनको क्रममा देशव्यापी रुपमा चलिरहेको वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनलाई विथोल्ने अभिप्रायले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले आज जनकपुरमा सांसद कोइरालाको घरअगाडि जुलुस प्रदर्शन गरेको हो ।

जनकपुरमा मधेसी मोर्चाले कांग्रेसको अधिवेशन स्थगनको माग गर्दै नेत्री कोइरालाको विरोध गरेको थियो ।