एनआरएन नेदरल्याण्डका नेताहरुलाई लण्डन विमानस्थलमै भब्य स्वागत [फोटो फिचर]

लण्डन । गैरआवासीय नेपाली संघ नेदरल्याण्डको टोलीलाइ बेलायतको लुटन विमानस्थलमा मै भब्य स्वागत गरिएको छ । एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य किरण अर्याल,निशान सापटाको आइतवार विहान लुटन विमानस्थलमा उत्रिएका छन् । उनीहरुलाई स्वागत गर्न एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी र सदस्य होमनाथ पौडेल लुटन पुगेका थिए । उनीहरु सोमवार एनआरएन यूकेको आयोजनामा अल्डरशटमा हुने लगानी सम्बन्धि एक दिने भेलामा भाग लिन लण्डन आएका हुन् ।

 यसैबीच सोमबार बिहान ११ बजे गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट लण्डन उत्रिने कार्यक्रम छ ।उपाध्यक्ष पन्त आइतवार साँझ ८ बजे हित्रो टर्मिनल ५ मा उत्रिदै छन् ।त्यसलगत्तै एनआरएन यूकेको अन्तरक्रियामा भाग लिन अल्डरसट पुग्नेछन । सांझ एनआरएन यूकेको सम्मान कार्यक्रममा उनले भाग लिनेछन । 

उनीहरु गैरआवासीय नेपाली संघ यूकेले सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा आयोजना हुने लगानी सम्बन्धी एक कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् । उनीहरुले सोमवार साँझ एनआरएन यूकेको आयोजना हुने स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी तथा महासचिव राज कुमार त्रिपाठीका अनुसार सोमवार आयोजना हुने कार्यक्रमको तयारी अन्तिमचरणमा पुगेको छ । वेलायतस्थित नेपाली समूदाय तथा संघसँस्थालाई निमन्त्रण पठाएको जानकारी दिदैं कार्यक्रममा उपस्थित भैदिन आग्रह गरेका छन्।।