शिब भण्डारी
लण्डन । विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर बेलायतमा दशैँ तिहार फेस्टिबल धमाका हुने भएको छ । नेपाली कला संस्कृतिको प्रवद्र्धन सहित विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ दशैँ तिहार धमाका २०२२ हुन लागेको हो ।
बेलायतका विभिन्न सहरहरुमा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमका लागि नेपालका चर्चित लोक गायक प्रकाश कटुवाल, हास्यकलाकारहरु मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे र राजु पौडेल उर्फ राजु मास्टरको प्रस्तुती रहनेछ ।
लण्डन नेपाल न्यूजसगंको कुराकानीमा गायक प्रकाश कटुवालले आफु पहिलो पटक बेलायतमा हुने कार्यक्रममा सहभागी हुन आउन लागेको बताए । उनले कार्यक्रममा सहभागी भई रमाईलो गर्न सम्पूर्ण नेपालीहरुलाई उपस्थित हुन समेत आग्रह गरेका छन् ।
गायक कटुवालका “चोरी खान पल्केको यो ढाडे बिरालो” लगायतका गीतहरु निकै चर्चामा छन् । विगत केही वर्षदेखि नेपाली लोक सागींतिक क्षेत्रमा सक्रिय उनका दर्जनौँ गीतहरु बजारमा छन् । गायक कटुवालको स्वर भिन्न रहेकाले उनी नेपाली दर्शकको रोजाईमा पर्ने गर्दछन् ।
त्यस्तै मेरी बास्सै हास्य टेलिश्रृङ्खलाबाट चर्चित तथा टेलिश्रङ्खला जुठे ‘र “हल्का रमाइलो’ नामक सिरियलले चर्चित कलाकार बल्छी धुर्वे र राजु मास्टर पनि कार्यक्रममा सहभागी हुने भएकाले कार्यक्रम फुल प्याकेज बन्ने आयोजक मध्येका समाजसेवी तिलक भट्टराईले लण्डन नेपाल न्यूजसगं बताए ।
अर्का आयोजक जोनी पहरीले स्कटल्याण्डमा हुने कार्यक्रममा सबैलाइ उपस्थित भएर रमाइलो गर्नका लागि सबैलाइ अनुरोध गरेका छन् ।
उनले टिकट बुकिङ खुल्ला भईसकेकाले अग्रिम बुकिङ गर्न पनि अनुरोध गरेका छन् । गायक कटुवालको गीतमा झुमीझुमी नाच्न र हास्यकलाकारद्धयको प्रस्तुतीमा पेट मिचिमिचि हास्नका लागि चाँडै टिकट बुकिङ गर्न उनको अनुरोध छ।
नेपालका चर्चित गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका स्वर दिएकी गायिका सुजाता काफ्लेले
सुनौलो अवसर रहेको भन्दै काय्रक्रममा हेर्ने उत्साहित रहेको बताइन ।
टिकट बुकिङका लागि तिलक भट्टराई ०७४१२५७९०९६ र जोनि पहारी ०७९४००६५८२८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।






