समानुपातिकतर्फ प्रदेशसभाको नतिजा आजै, प्रतिनिधिसभाको अझै समय लाग्ने

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको छ । आयोगले निर्वाचन सम्पन्न भएको १६ दिनमा आज शुक्रबार बल्ल प्रदेशसभातर्फको मात्रै नतिजा सार्वजनिक गर्ने भएको हो ।

आज दुई बजेअघि नै नतिजा सार्वजनिक गर्ने बताइए पनि निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आज बेलुका ५ बजेसम्म प्रदेशतर्फको समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

उनले प्रकृयागत काम गर्नुपर्दा नतिजा दिउँसै सार्वजनिक गर्ने भनिएपनि केही ढिलाई भएको बताए ।

‘आज ५ बजेसम्म प्रदेशतर्फको नतिजा सार्वजनिक गर्छौ, प्रतिनिधिसभातर्फको भने अझै केही दिन लाग्ने भएको छ’ प्रवक्ता ढकालले भने ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ ।