सिड्नी । विदेशमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले अब देखि आफ्नै कार्यालय भवनबाट सेवा थालेको छ । एनआरएनएले करिब ६ लाख डलरमा मेरिल्याण्ड्समा खरिद गरेको भवनको बिहीबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले समुद्घाटन गरेका छन् ।
कार्यालयको प्रशासनिक काम सञ्चालन गर्न ५ लाख ८८ हजार डलरमा भवन खरिद गरिएको हो । लामो समयदेखि आफ्नै भवन सञ्चालन गर्ने अभियान सञ्चालन गर्दै आएको एनआरएनए अस्ट्रेलियाको अभियान सफल बनेको छ । भवन खरिदका लागि न्यू साउथ वेल्स राज्यबाट २ लाख १० हजार डलर सरकारी अनुदान समेत प्राप्त भएको एनआरएनएले जनाएको छ । भवन समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मिन्सले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थितिकाबीच एनआरएनएले आफ्नै भवन सञ्चालन गर्नु सुखद पक्ष भएको बताए । उनले अस्ट्रेलियामा आफ्नै स्थायी बसोबास बनाईरहेका सम्पूर्ण नेपालीहरुलाई बधाई व्यक्त गरे । कार्यक्रममा अस्ट्रेलियामा लागि नेपाली राजदूत कैलाशराज पोखरेलले एनआरएनएको यो ऐतिहासिक उपलब्धी भएको भन्दै सबै नेपालीले खुसी साट्ने र गर्व गर्ने विषय बनेको बताए ।
उनले एनआरएनएसंगको सहकार्य र समन्वय सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले लामो समयदेखिको अभियान सार्थक बनेको भन्दै यो अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गरे । उनले न्यू साउथ वेल्स राज्यको पनि निरन्तर साथ रहँदै आएको भन्दै भवन निर्माणका लागि सरकारी कोष सहयोग गर्न पहल गर्ने प्रमुख अतिथि प्रति कृतज्ञता प्रकट गरे । भवन खरिद गरेसंगै एनआरएनएले आफ्ना कार्यहरु सम्पादन गर्न सहज हुने भन्दै उनले संस्थालाई अझै गतिशिल बनाई अझै सक्रिय रुपमा काम गर्ने स्पष्ट पारे ।
कार्यक्रममा न्यू साउथ वेल्सको संसदमा गठन गरिएको पार्लियामेन्ट्री फ्रेन्डस अफ नेपालकी कोचेयरद्वय जुलिया फिन, जाक्वी मुनरो, परामाटाको प्रतिनिधित्व गर्दै सांसद डोना डेविसले पनि शुभकामना दिएका थिए । त्यस्तै अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने, केशव कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै एनआरएनएको अभियान सफल भएकोमा बधाई दिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलिया पदाधिकारी,विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनआरएन न्यू साउथ वेल्सका सचिव कल्याण खड्काले गरेका थिए ।
कार्यालयको प्रशासनिक काम सञ्चालन गर्न ५ लाख ८८ हजार डलरमा भवन खरिद गरिएको हो । लामो समयदेखि आफ्नै भवन सञ्चालन गर्ने अभियान सञ्चालन गर्दै आएको एनआरएनए अस्ट्रेलियाको अभियान सफल बनेको छ । भवन खरिदका लागि न्यू साउथ वेल्स राज्यबाट २ लाख १० हजार डलर सरकारी अनुदान समेत प्राप्त भएको एनआरएनएले जनाएको छ । भवन समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मिन्सले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थितिकाबीच एनआरएनएले आफ्नै भवन सञ्चालन गर्नु सुखद पक्ष भएको बताए । उनले अस्ट्रेलियामा आफ्नै स्थायी बसोबास बनाईरहेका सम्पूर्ण नेपालीहरुलाई बधाई व्यक्त गरे । कार्यक्रममा अस्ट्रेलियामा लागि नेपाली राजदूत कैलाशराज पोखरेलले एनआरएनएको यो ऐतिहासिक उपलब्धी भएको भन्दै सबै नेपालीले खुसी साट्ने र गर्व गर्ने विषय बनेको बताए ।
उनले एनआरएनएसंगको सहकार्य र समन्वय सदैव रहने प्रतिबद्धता समेत व्यक्त गरे । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले लामो समयदेखिको अभियान सार्थक बनेको भन्दै यो अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गरे । उनले न्यू साउथ वेल्स राज्यको पनि निरन्तर साथ रहँदै आएको भन्दै भवन निर्माणका लागि सरकारी कोष सहयोग गर्न पहल गर्ने प्रमुख अतिथि प्रति कृतज्ञता प्रकट गरे । भवन खरिद गरेसंगै एनआरएनएले आफ्ना कार्यहरु सम्पादन गर्न सहज हुने भन्दै उनले संस्थालाई अझै गतिशिल बनाई अझै सक्रिय रुपमा काम गर्ने स्पष्ट पारे ।
कार्यक्रममा न्यू साउथ वेल्सको संसदमा गठन गरिएको पार्लियामेन्ट्री फ्रेन्डस अफ नेपालकी कोचेयरद्वय जुलिया फिन, जाक्वी मुनरो, परामाटाको प्रतिनिधित्व गर्दै सांसद डोना डेविसले पनि शुभकामना दिएका थिए । त्यस्तै अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने, केशव कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै एनआरएनएको अभियान सफल भएकोमा बधाई दिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलिया पदाधिकारी,विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनआरएन न्यू साउथ वेल्सका सचिव कल्याण खड्काले गरेका थिए ।भवन खरिदको श्रोत विवरण