सिड्नी। नेपाली भाषा तथा संस्कृतीका विषयमा अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिकाहरुलाई सिकाईमा सहजिकरण गर्दै आईरहेको नेपाली भाषा विद्यालयको रुपमा स्थापित शब्दमाला अस्ट्रेलियाले शब्दमाला खुला सत्र २०२३ गर्ने भएको छ ।
संस्थाले अस्ट्रेलियाका विभिन्न ठाउँमा नेपाली बालबालिकाहरुका प्रतिभा र कलाहरुलाई प्रदर्शन गर्ने तथा नेपाली भाषा र संस्कृतिका विषयमा जानकारी दिने उद्धेश्य सहित विभिन्न ठाउँमा विभिन्न समयमा उक्त कार्यक्रमको आयोजना गरेको छ । ग्रानभिलको फ्लेवर अफ नेपाल रेष्टुरेण्टमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिईएको हो ।
२७ अगष्ट १० बजे ग्रानमिल पब्लिक स्कुलमा उक्त कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।कार्यक्रममा अध्यक्ष विष्णु घिमिरे,सहसचिव दिपक लामिछाने, शव्दमाला ग्रानभिल शाखा संयोजक नविन अर्याल लगायतले कार्यक्रमबारे जानकारी दिएका हुन् । कार्यक्रममा बालबालिकाहरुले आआफ्नो कला प्रदर्शन गर्न सक्ने बताईएको छ ।

भौतिक उपस्थिति र जुम मार्फत भएको कार्यक्रममा जुम मार्फत पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार अर्चना घले अभिभावक राजेश केसी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । बालबालिकाहरुलाई नेपाली संस्कृति सहित नेपाली भापा लेख्न र बोल्न सिकाउने उदेश्य सहित स्थापित संस्थाले हरेक आइतबार बिहान २ घण्टा कक्षा समेत सञ्चालन गर्दै आईरहेको छ ।
आईतबार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म निम्न स्थानहरुमा कार्यक्रम हुनेछ ।
२७ अगस्ट
Granville Public School , Granville
The Ponds High School, The Ponds
Waitara Public School, Waitara
३ सेप्टेम्बर
Campsie Public School, Campsie
Carlton South Public School, Carlton South
Macquarie Fields Public School, Macquarie Fields
१० सेप्टेम्बर
Plattsburg Public School, Newcastle






