लन्डन । चर्चित गायक प्रकाश कटुवालले चुनावलाई मध्यनजर गर्दै एउटा नयां चुनावी गीत सार्वजनिक गरेका छन् । मुलुक चुनावमा होमिइरहेका बेला कटुवालले हालैमात्र उक्त गीत सार्जजनिक गरेका हुन् ।
गीतमा प्रतिपक्ष नेपाली कांग्रेसलाई जिताउन प्रेरित गर्ने शब्दहरु समेटिएको छ ।
चर्चित एवं लोकप्रिय दोहोरी गायक कटुवालले रुख चिन्हमा मत दिएर देशलाई अग्रगामी परिवर्तनको आभास दिलाउन अभिप्रेरित गरेका छन् । उनलाई गायनमा गायिका उमा श्रेष्ठले साथ दिएकी छन् ।
हेर्नुस् म्यूजिक भिडियोः






