लन्डन । गायिका मन्जु पौडेल र गायक पशुपति शर्माले चुनावलाई मध्यनजर गर्दै एउटा नयां चुनावी गीत सार्वजनिक गरेका छन् । मुलुक चुनाव मा होमिइरहेका बेला गायक शर्माले हालैमात्र उक्त गीत सार्जजनिक गरेका हुन् ।
गीतमा कुनै एक नेता वा पार्टीको मात्र नभई जनतालाई जिताउन प्रेरित गर्ने शब्दहरु समेटिएको छ ।
चर्चित एवं लोकप्रिय दोहोरी गायिका मन्जु पौडेल र गायक पशुपति शर्माले ‘हाम्रोलाई होईन राम्रोलाई’ मत दिएर देशलाई अग्रगामी परिवर्तनको आभास दिलाउन अभिप्रेरित गर्नुका साथै अब नेपालीको जीवन रोएर हैन हाँसेर बित्नुपर्ने र हाँसेर जीवन बित्नलाई जनताले नै जित्नुपर्ने बताइएको छ ।
पशुपति शर्माको सब्द/संगीतमा तयार पारिएको उक्त गीतमा पशुपति शर्मा र मञ्जु पौडेलले स्वरबद्व गरेका छन् भने दुर्गा पौडेलले छायाङ्कन गरेका छन्, बिएमएस फिल्म्सले बजारीकरण गरेको यो गीतमा गायक गायिका स्वयम्ले अभिनय पनि गरेका छन् ।
हेर्नुस् म्यूजिक भिडियोः






