लन्डन । प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाई रहेका पत्रकारहरुलाई पुरष्कृत गर्ने उद्देश्यले स्थापित अन्तर्रराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका लागि निवेदन आव्हान गरिएको छ ।
गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ । सो पुरस्कारका लागि एक छनोट समिति पनि गठन गरिएको छ ।
सो पुरस्कारका लागि sitadevipatrakari@gmail।com मा ७ अक्टोबर सम्ममा आफुले लेखेको वा प्रकाशित गरेको लेख, समाचार, रेडियो वा टेलिभिजनको रिपोर्टको लिंक सहित इमेल गर्न भनिएको छ । पुरस्कारको राशी ५ सय अमेरिका डलर सहित प्रमाण पत्र रहेको छ । यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुगांनाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए।






