लन्डनमा यति एसोसिएसनको दशैं–तिहार भव्य

लन्डन । बेलायतमा रहेका नेपालीहरुको सबैभन्दा पूरानो सामाजिक संस्था यति नेपाल एसोसिएसन यूकेले गत आइतबार दशैं तिहार कार्यक्रम आयोजना ग¥यो । लन्डन साउथ ह्यारोस्थित बरो फुटबल क्लब हलमा शुभकामना आदानप्रदान र सांगीतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना गरिएको थियो । संस्था जति पुरानो छ, संस्थामा दशैं तिहार मनाउने परम्परा पनि त्यत्ति नै पुरानो हो ।

संस्थाका अध्यक्ष धु्रव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन वरिष्ठ चिकित्सक डा. राघवप्रसाद धितालले (ओबीइ), रसियाबाट आएका एनआरएन महासचिव बद्री केसी र अध्यक्ष केसीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि केसी, धिताल, आइसीसी सदस्य रामशरण सिम्खडा, यूके अध्यक्ष पुनम गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष केसीले दशै तिहारको शुभकामना दिँदै सहभागी सबैप्रति आभार व्यक्त गरे ।

महासचिव डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने खेलकुद सचिव ह्यारी गुरुङले ‘स्वास्थ्य र सुरक्षा’ बारे जानकारी दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गजल गायक राज सिग्देल, गायिका भूमिका शाह, गायक प्रसाद खप्तडी मगरले गायन तथा नायिका पनाह अधिकारी र स्थानीय बाल कलाकारहरु दिव्या र काव्या दाहालले नृत्य प्रस्तुत गरेका थिए । मदन थापाको समूहले मालश्री धुन प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *