जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजिव गुरुङ ‘ओम’ ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन्। एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा संलग्न हुदै अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम गरिसक्नुको साथै ३ पटक सम्म आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका गुरुङले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने बताउनु भएको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएर गुरुङ हाल चितवनको माडीमा बसोवास गर्दै आउनु भएको छ | बिगत लामो समयदेखी जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन । एक कार्यकाल आफु ब्याक बसेर आर्का उपाध्यक्षलाइ अध्यक्षमा मार्गप्रसस्त गरेर मन जितेका गुरुङ आफु अध्यक्षको उमेद्दवार हुदै गर्दा ६ जान प्रत्यासीहरु लगाएत सिंगो कार्यसमिति नै सर्ब सम्बत गराइ सबैलाई मिलाएर लैजान सक्ने सार्है मिलनसार र अहिलेका अति बलियो उम्मेद्धारमा पर्दछन ।
पछी सम्मको सहयात्राको यस पटक पनि सकभर सर्ब सम्बत नै होस भन्ने चाहन्छन तर सम्भावना नभए बिसुद्द तरिकाले डेमोक्र्याटिक प्रोसेस मै गए पनि अहिले सम्म को आफ्नो त्याग, काम र क्षमताको मुल्यांकन हुने र चुनाब जित्ने कुरामा ढुक्क छन | यस अघिका ICC को अधिबेशनहरुमा पनि आफ्नो बलियो सम्भावना हुदा-हुदै पनि साथीहरुलाई समर्थन गरि अघी लगाएर पछी बसेका गुरुङ अब भने आफ्नो पालो आएको र आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन ।
नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले बताउनु भयो । जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली संघ आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । बिगत एनआरएनए जापानको एनसीसी देखी नै भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ गत निर्वाचनमा अन्तरास्ट्रिय समन्वयको केन्द्रीय समितिमा भट्टको बिजयीसंगै प्रबक्ता बन्ने निकै चर्चा थियो र प्रबल सम्भावना हुदा हुदै पनि त्याग गरेका गुरुङ हाल पनि एनआरएनए NCC र ICC को नीति निर्माण तथा प्रकृया जस्तो महत्वपूर्ण बिषयमा हालका महासचिब डा. बद्रि केसीको टिममा उप-संयोजक जस्तो जिम्मेवारी ठाउँमा रहेर काम गरीरहेका छन | र अबको NRNA भनेको Vision 2020 and Beyond को गाइडलाइनमा टेकेर नया सोच सोचका साथ अघि बढ्नु पर्दछ भन्ने मान्यता राख्दछन |
यस अर्थमा पनि गैरआवासीय नेपाली संघको परिकल्पना स्थापना र बिकासमा एनआरएनए एनसीसी र आईसीसीमा गुरुङको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।
हाल नेपाल आदिवासी जनजाति महासंघ जापान, पर्वत समाज जापान, तमु धीं जापान, चितवन समाज जापान,तमु ह्युल छोंज धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगाएत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलमसमेत चलाउनु हुन्छ ।
अन्य पदहरुमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि एसिया प्यासिफिक संयोजक मा नै किन भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले एनआरएनएका मूल्य र मान्यताहरुलाई आत्मा साथ गर्दै आफ्नै भिजन नै आफ्नो मिसन भएकोले आफै जिम्मेवारी तह बसेर काम गर्न चाहेको मुख्य त एसिया नेपालीहरुको रोजगारीको मुख्य गन्तब्य भएकोले बिशेष गररे यस क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुको हक अधिकार, श्रमको उचित मूल्य र ब्यबस्थित रोजगार, जिबन बिमाको पहल गर्ने र बिदेसमा निधन भएका नेपालीहरुको लाश सरकारी तवरवाट नेपाल लाने र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफुँ जोडदारसंग लाग्ने र यस अर्थमा पनि आफु एसिया प्यासिफिक संयोजक भएर अलि गहनरुप मा सेवा गर्न चाहेको बताउनु भएको छ |






