नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहण समारोहमै विरामी

कंगो- किन्शास, १० माघ (रासस/एएफपी) लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी हुनुभएको छ ।

बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न लाग्नुभएकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।

राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उहाँले मलाई “असहज महुशस भयो” भन्नु भएको थियो। त्यसपछि उहाँको मन्तव्य रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *