विवाह गर्नको निम्ती युवतीलाइ अपहरण गर्ने ठाँउ

काठमाण्डौ- विश्वमा केही यस्ता ठाँउहरु पनी छन , जहाँ विवाहको लागि केटीलाइ अपहरण गरिन्छ । नेपाली समाजमा विवाहको निम्ती केटा केटीको घर जाने र हात माग्ने चलन छ । त्यसैगरी प्रेम विवाह, अदालती विवाह लगायतका विहे गर्ने शैली छन । तर इन्डोनेसियाको एउटा यस्तो ठाँउ छ, जहाँ विवाहको निम्ती केटीको अपहरण गरीन्छ ।

इन्डोनशियाको सुदुरद्धीप क्षेत्रमा प्रचलित यस खालको कुप्रथालाइ अन्त्य गर्नको निम्ती अधिकारीहरु लागी परेका छन । एउटा महिलालाइ दुलाहाले अपहरण गरेको भिडियो सार्वजनिक भएपछि यो बहस राष्ट्रव्यापी भएको छ । एक युवती सित्रा, (जसको सत्य नाम लुकाइएको) जसलाइ एक ठाँउ बोलाइयो, उनले सोचीन कि केही विशेष कामले मिटिङ्गमा बोलाइएको होला ।

तर सरकारी अधिकारी भनेर आफुलाइ चिनाएका दुइ पुरुषले उनलाइ लिएर गएँ । सित्रा आफ्नो कामलाइ सबै सामु देखाउन चाहने भएको कारण उनीहरुसँग हिचकिचाउदै भए पनि गइन । एक घण्टा पछि अर्काे नया ठाँउमा बैठक रहेको भन्दै ती पुरुषहरुले उनीहरुको कारमा बस्न भने । तर र ती युवतीले आफ्नै मोटरसाइकलमा जाने कुरा बताइन । जब उनले आफ्नो बाइकमा चाबी राख्दै थिइन, तब उनीलाइ केही मानिसहरुले अपहरण गरे ।

‘मैले खुट्टा चलाइरहेकी थिएँ र चिच्याइरहेकी थिएँ, तरपनि उनीहरुले मलाइ जबरजस्ती कारमा राखीछोडे’ । उनले भनिन । दुलाहाले नै केटी अपहरण गर्ने यो प्रथा अत्यन्तै विवादास्पद रहेको छ । यो प्रथा कसरी सुरु भयो भन्ने खासै पत्तो पाइएको छैन । यस प्रथामा केटीको इच्छा बिना नै विवाहको लागि जबरजस्ती उठाउने गरिन्छ ।

महिला अधिकारकर्मीहरुले यस प्रथालाइ रोक्न जोडदार माग गरिरहेका छन । दुइ युवतीहरुको यसैगरी अपहरण भएको भिडियो सार्वजनिक भएपछि केन्द्र सरकारले पनि यस विषयमा ध्यान दिन सुरु गरेको छ ।
बिबिसी हिन्दीको सहयोगमा